कालीगण्डकी डाईभर्सन अगाडी बढन नदिने कोइरालाको प्रतिबद्धता

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक २७ गते ९:५७
कालीगण्डकी डाईभर्सन अगाडी बढन नदिने कोइरालाको प्रतिबद्धता
received 8172824866092184

कावासोती : कांग्रेसका नेता एवं पुर्वी नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार डा.शशांक कोइरालाले कालीगण्डकी सभ्यतालाईनै संकटमा पार्ने गरेर सुरु गर्न खोजिएको कालीगण्डकी डाईभर्सन परियोजना अगाडी बढन नदिने बताउनु भएको छ ।

शनिबार करिब एक दर्जन चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कोइरालाले कालीगण्डक डाईभर्सनले कालीगण्डकी सभ्यतानै संकटमा पार्ने भएकाले यो डाईभर्सन परियोजना अगाडि बढन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

त्रिवेणी–देवघाट हुँदै मुक्तिनाथ जोड्ने कालीगण्डकी नदि धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय हिसाबले नदी क्षेत्रका बासिन्दाको प्राण भएको भन्दै कोइरालाले प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएका हुँदा कालीगण्डकी डाईभर्सन अगाडि बढन नहुने बताउनु भएको हो ।

“कालीगण्डकी नदी धार्मीक आस्थाको नदी हो । हाम्रो संस्कार र संस्कृती हो, आयोजनाले केही निश्चित व्यक्ति र समूदायलाई फाईदा होलान् तर प्रभावित क्षेत्रको जीवनसँग यसको अस्तित्व जोडिएको छ”, कोइरालाले भन्नुभयो ।

कोइरालाले डाईभर्सन गरिए फाँट उजाड हुने तापक्रम बढने र तापक्रमको असर मानवलाई मात्र होइन, पशुपन्छी र चराचुरुंगीमा पनि पर्ने भएकाले पर्यावरणीय र धार्मिक महत्त्व बोकेको नदिलाई डाईभर्सन गर्न नहुने बताउनु भएको हो । “कुनै पनि हालतमा यो परियोजना अगाडी बढाउनु हुँदैन, यो धार्मीक तथा ऐतिहासिक नदी हो, आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र नदी हो, पानी डाईभर्सन भैसकेपछि यो क्षेत्र मरुभूमी तुल्य हुन्छ, यस क्षेत्रमा नदीलाई नै आधार बनाएर लिफ्ट खानेपानी, सिंचाईका आयोजनाहरु सञ्चालन सुरु भएका छन्,।” उहाँले भन्नूभयो ।

यस अघि पनि केपि ओली नेतृत्वको संघीय सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अगाडी बढाउदा प्रभावित स्थानीय तह, जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका बासिन्दाको चर्को विरोध गरेका थिए । बुटवलमा आयोजनाको अध्ययन कार्यालय स्थापना भए पछि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका प्रभावित क्षेत्रमा पर्ने दश स्थानीय तहहरुले विरोध गरे पछि योजना स्थगित भएको थियो ।

प्रतिनिधि सभाको निर्वाचनका लागि एमाले उपाध्यक्ष विष्णु पौडेलले आफ्नो घोषणापत्रमा कालीगण्डकी तिनाउ डाईभर्सन योजना अगाडी बढाउने उल्लेख गरे पछि कालीगण्डकी प्रभावित जिल्लाहरु पुर्वी नवलपरासी, पाल्पा, स्याङ्जा तनहुँ लगाएतका जिल्लाहरुमा विरोध सुरु भएको छ ।

प्रकाशित : २०७९ कार्तिक २७ गते ९:५७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI