कालीगण्डकी डाइभर्सनका सबै गतिविधि तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश

NAWALPUR TIMES

कालीगण्डकी डाइभर्सनका सबै गतिविधि तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
IMG 20210627 132322

काठमाडौँ। सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना अन्तर्गत चलिरहेका क्रियाकलाप तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल नगर्न-नगराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हो।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सुनुवाइ गर्दै राणाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले यसअघि २३ असारमा कारण देखाऊ आदेश जारी गरेको थियो।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले लिखित जवाफ माग गर्दै विपक्षीलाई झिकाएको थियो। तर, प्रधान न्यायाधीश राणाको एकल इजलासले हाल सबै कार्य रोक्न आदेश दिएको हो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology