कालीगण्डकी करिडोरमा हाईस दुर्घटना : ४ जना घाईते

NAWALPUR TIMES

कालीगण्डकी करिडोरमा हाईस दुर्घटना :  ४ जना घाईते
IMG 20240313 WA0045

कावासोती । कालीगण्डकी करिडोरको बुलिङ्गटार-६ धाँसीमा हाईस दुर्घटना हुँदा ४ जना घाईते भएका छ्न ।

बा ३ ख ९७९३ नं.को हाइसको ब्रेकफेल भई सडकको बायाँ तर्फको नालामा खस्दा भएको दुर्घटनामा परेर हाईसमा सवार १७ जना मध्य ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा काठमाण्डौ नागार्जुन नगरपालिका -९ बस्ने ६१ वर्षका चुडामणी श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका -७ का ९० वर्षिय जंग बहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका-७ की ७३ वर्षीय पवित्रा लम्साल, स्याङजा गल्याङ नगरपालिका-११ कि वर्षीय दिपा बस्याल भट्टराई घाईते भएका हुन ।

घाईतेहरुलाई उपचारको लागि पाल्पा तर्फ पठाईएको र अन्य यात्रुलाई अर्को सवारी साधनमा चढाएर गन्तव्य तर्फ पठाईएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology