कालीगण्डकीमा डुबेर दुई जना बेपत्ता

NAWALPUR TIMES

कालीगण्डकीमा डुबेर दुई जना बेपत्ता
kaligandaki coridor

कावासोती । नवलपुरमा कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना युवा बेपत्ता भएका छन् ।

गैंडाकोट नगरपालिका-३ स्थित केलादीमा नदीमा नुहाइरहेका ३ जनामध्ये चितवन रत्ननगर नगरपालिका-२ टाडीका २४ वर्षका सुरज सुवेदी, गैंडाकोट नगरपालिका-२ का २५ वर्षका रमेश चालिसे डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए ।

पौडी खेल्न सँगै गएका बागलुङ जिल्ला गलकोटका मुक्तिराम शर्मा भने सकुशल रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको सशस्त्र र नेपाल प्रहरीले खोजतलास गरिरहेको छ । अत्यधिक गर्मी बढेपछि नदी तथा तलाउमा पौडी खेल्नेको संख्या बढेको छ । केही दिन अगाडि नारायणी नदीमा डुबेर एक किशोरको मृत्यु भएको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology