कालीगण्डकीमा डुबेका दुबै जनाको शव फेला

NAWALPUR TIMES

कालीगण्डकीमा डुबेका दुबै जनाको शव फेला
dubera mritu DVlURYUrKP

कावासोती। गत शनिबार कालीगण्डकी नदिमा पौडी खेल्न जाँदा डुबेका दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ३ हर्दीकेलादी स्थित काली गण्डकी नदीमा डुवेर बेपत्ता भएका गैँडाकोट २ का २५ वर्षका रमेश चालिसे मृत अवस्थामा भेटिएका छन् ।

गएको शनिवार अपरान्ह साथीहरुसँगै पौडी खेल्न गएका चालिसे नदीमा डुवेर बेपत्ता भएका थिए । उनको शव घटनास्थलभन्दा ३ किलोमिटर तल गैँडाकोट नगरपालिका वडा नं.१ बृटिसक्याम्प नजिकै नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

उनिसँगै बेपत्ता भएका चितवन रत्ननगरका २४ वर्षका सुरज सुवेदीको शव आइतबार फेला परेको थियो । गर्मी छल्न भन्दै नदी तथा ताल तलाउमा पौडी खेल्न जानेक्रम बढेसँगै अप्रीय घटनाहरु बढ्न थालेका छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology