कालीगण्डकीको डेढगाउँ पुल भासियो, आउजाउ बन्द

NAWALPUR TIMES

कालीगण्डकीको डेढगाउँ पुल भासियो, आउजाउ बन्द
1624031893228

नारायण शर्मा/पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुल जोखिममा परेको छ ।

बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम भएको हो ।बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पुलको उत्तरतर्फको तटबन्धन भासिएका कारण गाडी खस्ने भएकाले आउजाउ बन्द भएको छ । तटबन्धन भासिएका कारण पुल कति खेर खस्छ भन्ने त्रास बढेको उनले सुनाए ।

यो जिल्लाको दुर्गम उत्तरी भूभाग र तनहुँ जोडने एकमात्र पक्की पुल हो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology