कालबेला दुईपटक भएको यस्तो हुनेछ शनिबारको दिन

NAWALPUR TIMES

कालबेला दुईपटक भएको यस्तो हुनेछ शनिबारको दिन
rashifal1

आजको पञ्चाङ्ग

सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको नवमी तिथि रहनेछ । आज हस्ता नक्षत्र, विष्कुम्भादि योगमा वरियान, करणमा तैतिल, आनन्दादि योगमा मृत्यु रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि ३५ पला अर्थात १३ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १० मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ७ बजे हुनेछ ।

आजको राशिफल
मेषः 
मेष राशि भएकाहरूका आज समय शुभ छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। माया प्रेमको लागि रमाइलो छ । पराक्रम र उत्साह बढ्नेछ । अधिकारका लागि भने केही संघर्ष वा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । स्वास्थ्यका लागि पनि खानपानमा सचेत रहनुपर्ने बेला छ । व्यापारबाट प्रशस्तै फाइदा उठाउन सकिनेछ । सामाजिक एवं आर्थिक उन्नति पनि हुने देखिन्छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण रहनेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । आजको दिनमा पनि सामाजिक दायित्व थपिने खालको दिन रहेको देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्न सक्छ । अरूका काममा पनि समय व्यतीत हुनेछ । व्यापार व्यवसाय मध्यम रहेको छ । महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी होला ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । दुविधा बढ्नाले सही निर्णय लिन नसकिएला । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । प्रतिस्पर्धी परास्त होलान् । निर्णायक क्षमतामा कमी आउला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

कर्कटः कर्कट राशिका लागि आज पनि समय शुभ रहनेछ । तपाईंको व्यक्तित्वप्रति आकर्षण बढ्नेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । प्रतिस्पर्धी परास्त होलान् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । समय मध्यम खालको छ । व्यावसायिक यात्रा सम्भावना छ । ठूलाबडाले सहयोग गर्नेछन् ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज पनि समय खराब रहेको छ । निर्णायक क्षमतामा कमी आउला । व्यावसायिक काममा खर्च बढ्नेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । अस्वस्थताका बाबजुद कामको दायित्व पनि बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । माया प्रेमको लागि रमाइलो छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । समयमा काम पूरा नहुनाले अवसर गुमाउनुपर्ला ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आर्थिक लाभ हुने नयाँ कामको थालनी हुनेछ । तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । सोचेको समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमको बन्धन कस्सिने बेला छ । आलोचनाको सिकार भइएला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । व्यापार व्यवसायमा समेत कम मात्र फाइदा हुनेछ । हातमा आएको प्रतिफल गुम्न सक्छ । सचेत हुनहोला ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय मध्यम छ । स्वास्थ्यमा सुधार होला । यात्राको लागि पनि एकदम राम्रो समय रहेको देखिन्छ । तपाईका लागि एकदम राम्रो समय रहेको देखिन्छ । काममा उत्साह थपिनेछ । रचनात्मक काम शुरु गर्ने मौका छ । प्रेम, रतिराग तथा पारिवारिक स्थितिमा सुधार आउने छ । फाइदाका लागि प्रतिस्पर्धा भने गर्नुपर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय राम्रो रहने छैन । निर्णायक क्षमतामा कमी आउला । माया प्रेमको लागि रमाइलो छ । विगतका समस्या बल्झिन सक्छन् । उठ्न बाकी धन उठ्न कठिन रहेको देखिन्छ । उपचारमा खर्च हुने योग छ । नराम्रो काम तिर भने मन जाने देखिन्न । मान–सम्मानमा आघात पर्ने देखिन्छ । सानातिना कामको झमेला आउन सक्छ । नतिजा थोरै मात्र तपाईको साथमा हुनेछ ।

कुम्भ कुम्भ राशिका लागि पनि आज पनि दिन तथा समय खराब छ । आज यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । आर्थिक व्यय भए पनि वातावरण राम्रो बन्नेछ । समय मध्यम खालको छ । विगतका समस्या बल्झिन सक्छन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । माया प्रेमको लागि रमाइलो छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । ठूलाबडाले सहयोग गर्नेछन् । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ ।

साइतः आज चन्द्रमा कन्या राशिमा छन् । त्यसैले सकभर लामो दूरीको यात्रा नगर्नुहोला । यदि गर्नै पर्ने अवस्था छ भने दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः०७ बजेदेखि         ६ः५१ बजेसम्म         काल बेला
बिहान ६ः५१ बजेदेखि         ८ः३५ बजेसम्म         शुभ बेला
बिहान ८ः३५ बजेदेखि         १०ः२० बजेसम्म       रोग बेला
बिहान १०ः२० बजेदेखि        १२ः०४ बजेसम्म       उद्धेग बेला
बिहान १२ः०४ बजेदेखि        १ः४८ बजेसम्म        चर बेला
दिनमा १ः४८ बजेदेखि         ३ः३२ बजेसम्म         लाभ बेला
दिनमा ३ः३२ बजेदेखि         ५ः१६ बजेसम्म         अमृत बेला
दिउँसो ५ः१६ बजेदेखि        ७ः०० बजेसम्म         काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology