कार्तिक ३० गतेदेखि नवलपुरमा स्थायी बन्ध्याकरण शिविर हुने (तालिका सहित)

NAWALPUR TIMES

कार्तिक ३० गतेदेखि नवलपुरमा स्थायी बन्ध्याकरण शिविर हुने (तालिका सहित)
sibir

नवलपुर। जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले कार्तिक ३० गतेदेखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । कार्तिक ३० गतेदेखि सुरु गरिने शिविर मंसिर ९ गते सकिने छ ।

विनयी त्रिवेणी गाँउपालिकाको त्रिवेणी स्वास्थ्य चौकीमा गरिने शिविरको मिति पछि तय गरिने कार्यालयले जनाएको छ ।सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले जानकारी दिनुभयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology