काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहबालेन ५० हजार मत नजिक

NAWALPUR TIMES

काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहबालेन ५० हजार मत नजिक
balen1650786897 20220424143431 560x280 1

काठमाडौं: काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।पछिल्लो मत परिणामअनुसार शाहले ४९ हजार ३५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत प्राप्त गरेकी छिन्। पहिलो स्थानमा रहेका बालेन भन्दा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना १९ हजार २८९ मतले पछाडि छन् ।

नेकपा (एमाले)का केशव स्थापितले भने २९ हजार २८४ मत ल्याएका छन्। स्वतन्त्र सुमन सायमीले आठ हजार ५३३ मत ल्याएका छन्। काठमाडौंको एक लाख ४५ हजार ३६२ मत गणना भइसकेको छ।त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की उम्मेदवार सुनिता डंगोलले पनि आफ्नो अग्रतालाई कायमै राखेकी छिन्। पछिल्लो मत परिणामअनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरेकी छिन्।त्यस्तै, उपमेयर पद तर्फ नै नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत प्राप्त गरेका छन्। त्यस्तै उपमेयर पदमा नै तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी उम्मेद्वार विनिता मगैयाले ७०२३ मत प्राप्त गरेकी छिन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology