काठमाडौंमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

NAWALPUR TIMES

काठमाडौंमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
rain bccl1

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । “काठमाडौंलगायत केही स्थानमा आज सामान्य वर्षाको सम्भावना छ । तर, भारी वर्षाको सम्भावना भने आज दिउँसो कुनै पनि प्रदेशमा हुने छैन,” मौसमविद् मञ्जु बासी भन्छिन् ।

उनका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र वाग्मती प्रदेशको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology