काठमाडौंकी एक खतरानाक महिला, जसले दुई महिनामा २२ जनालाई नाटकीय शैलीमा लुटिन्

NAWALPUR TIMES

काठमाडौंकी एक खतरानाक महिला, जसले दुई महिनामा २२ जनालाई नाटकीय शैलीमा लुटिन्
lutera women

काठमाडौं, ११ असोज । काठमाडौंमा फिल्मी शैलीमा लुटपाटमा संलग्न एक महिना पक्राउ परेकी छिन् । जोरपाटी मालबारीबाट ३२ बर्षीय संगिता क्षेत्रीले साउनयता उपत्यकाका बालबालिकाको गहना लुटेको प्रहरीले जनाएको छ ।

चिनजान भएको जसरी सडकमा खेलिरहेका बालबालिकासँग नजिकिने र उनीहरुलाई आइसक्रिम तथा चकलेट किनिदिने भन्दै फकाउने गर्दछिन् । गहना लगाएर हिड्नुहुँदैन, म अर्काे ठूलो किनिदिन्छु भनेर कानबाट निकाल्ने भाग्ने गरेके प्रहरीले जनाएको छ । बलाजु बस्दै आएकी उनी डिभोर्सी महिला हुन् । काठमाडौंमै माइती भएकी उनको विवाह म्याग्दीमा भएको थियो । परिवारबाट छुटिएपछि उनका छोराछोरी श्रीमानसँगै बस्दै आएका छन् । सुरुमा घरेलु काम गर्दै आएकी उनी पछिल्ला बर्ष भने लुटपाटमा संलग्न थिइन् । प्रहरीकाअनुसार लुटपाटका लागि सुचना संकलनगर्न उनी घरेलु मजदुरका रुपमा घरघर जाने गर्थिन् । सोही आधारमा लुटपाटको योजना बनाउने गरेको प्रहरीले जनाएको छ ।

उनले लुटेको गहना किन्ने र गालेर बेच्ने कलिगढ पनि पक्राउ परेका छन् । संगिताले चोरीपछि गहना जम्मा गर्थिन् । कनिबहालस्थित काभ्रेका मुरली बिकको प्रशोधन केन्द्रमा लगेर बेच्थिन् । उनले चलनचल्तीको मुल्यभन्दा प्रति तोला १० हजार रुपैयाँ सस्तोमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । १० बर्षंदेखि यस्तो गहनाखरिद गर्दै आएका बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा , स्युचाटार .कोटेश्वर, गोठाटार, पानी ट्याङ्की, माहांकाल ओरालो, आरुबारी बौद्ध, .शिवचोक, नारायणटार, कपन मिलन चोक लगायत ठाउँमा यसरी लुटपाट गरेकी थिइन् ।-दृष्टिबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology