काङ्ग्रेस महाधिवेशन : देवचुलीमा कडेरियाको नेतृत्वमा प्यानल घोषणा

NAWALPUR TIMES

काङ्ग्रेस महाधिवेशन : देवचुलीमा कडेरियाको नेतृत्वमा प्यानल घोषणा
1632499614384

देवचुली  । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि कडरियाको नेतृत्वमा उप–सभापतिमा भोजेन्द्र बहादुर रायमाझी क्षेत्री, पुरुषोत्तम गैरे, सचिवमा देवेन्द्र भट्टराई, सुन्दर पाण्डे र सह–सचिवमा तनुजा महतो चौधरी, फट बहादुर सुनार (शंकर) ले उम्मेदवारी घोषणा गरेका छन् ।No description available.
सभापति पदका उम्मेदवार कडरियाले देवचुली नगरपालिकालाई काँग्रेसमय पालिका बनाउने, गुटबन्दीको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाई अगाडि लैजाने उद्धेश्यले नगर सभापतिमा उम्मेदवारी दिएको बताउनुभएको छ । उहाँले आँफू कुनै गुटको नभई नेपाली काँग्रेसको साँझा उम्मेदवार रहेको समेत जानकारी गराउनुभएको छ ।
यस अघि नगर अधिवेशन असोज ९ गते हुने भनिएपनि १० वा ११ गते हुनसक्ने नेपाली काँग्रेस स्रोतले बताएको छ ।No description available.

No description available.

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology