काङ्ग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

NAWALPUR TIMES

काङ्ग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण
received 753739585351820 scaled

नेपाली काङ्ग्रेस चितवनका नेता एवं महासमिती सदस्य राजेश्वर खनालले आफ्नो जन्मदिनको अवसर पारेर चितवनको कालिका नगरपालिका क्षेत्रमा बसोबास गर्ने अति बिपन्न परीवारलाई खाद्य सामाग्री हस्तान्तरण गरेका छ्न ।

नारायणी पब्लिक कलेजका कार्यकारी निर्देशक समेत रहेका नेता खनालले कालिका नगरपालिका भित्र बसोबास गर्ने २५ बिपन्न परीवारलाई राहत स्वरुप खाध्य सामाग्री हस्तान्तरण गरिएको राहत बितरण कार्यक्रमका संयोजक संचारकर्मी केशव तिवारीले बताए ।

कालिका ७ का वडा सभापति रामचन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस महसमिती सदस्य कमल आचार्य , महाधिवेशन प्रतिनिधि नरजंग प्रजा “महेन्द्र” , नेपाल तरुणदल चितवनका संस्थापक अध्यक्ष शम्भु अर्याल , भरतपुर अस्पतालका पुर्व अध्यक्ष राजकुमार राजभण्डारी, क्षेत्रीय प्रतिनिधि कृष्ण भुजेल , कालिका नगर उपसभापती मिलन पाण्डे , नगर प्रवक्ता राजन रेग्मी , शिक्षक संघ चितवनका अध्यक्ष डा. हरी कंडेल , कालिका ४ का वडा सभापति इन्द्र अधिकारी, कालिका ३ का वडा सभापति पुर्ण प्रसाद कंडेल, बिद्यार्थि नेताहरु निर्मल पौडेल, प्रमेश्वर खनाल, साजन गुरुङ राजेश भुषाल, अनुप कोईराला, कृष्ण सापकोटा, कृष्ण बगाले , तरुणदल चितवनका पुर्व सचिव आनन्द रावत , पुर्व क्षेत्रीय प्रतिनिधि लक्ष्मण गुरुङ लगायतका ब्यक्तित्व हरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित सबै काङ्ग्रेस नेताहरुले राजेश्वर खनाललाइ जन्मदिनको शुभकामना दिंदै जन्मदिनको अवशर पारेर बिपन्न परीवारलाई सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । राहत लिन उपस्थित भएका बिपन्न परीवारहरुले आज सम्म कुनैपनि नेताले दु:खका बेला साथ नदिएको र राजेश्वर खनाल मात्रै एक ब्यक्ति जो कालिका नगरका बिपन्न परीवारको सहारा बनेर आएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

राहत बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी प्रती आस्था र भरोसा राख्दै नेकपा परीत्याग गरि दर्जनौं युवाहरु काङ्ग्रेस प्रबेश गरेका थिए । उक्त कार्यक्रमलाई नेपाल तरुणदल कालिका नगर सचिब दिवश मगरले संचालन गरेका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology