कांग्रेस सुदूरपश्चिममा संस्थापनलाई नेतृत्व, बलायर बने सभापति

NAWALPUR TIMES

कांग्रेस सुदूरपश्चिममा संस्थापनलाई नेतृत्व, बलायर बने सभापति
Congress Nepali Congress1632365932 1

काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व संस्थापन पक्षले लिएको छ । शनिबार भएको मतदानको परिणामअनुसार संस्थापन पक्षका वीरबहादुर बलायरले नेतृत्व सम्हाल्ने भएका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका बलायर सभापति शेरबहादुर देउवा निकटका हुन् । बलायरले संस्थापन इतर समूहका नारायण मिश्रलाई पराजित गरेका हुन् ।

कुल एक हजार २७ मत मध्ये एक हजार तीन मत खसेको थियो । सुदूरपश्चिममा ८ पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी परेको थियो । मत परिणामको घोषणा हुन बाँकी रहेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology