कांग्रेस प्रवेशको लहर : वडाध्यक्षसहित चार सय कार्यकर्ता भित्रिए

NAWALPUR TIMES

कांग्रेस प्रवेशको लहर : वडाध्यक्षसहित चार सय कार्यकर्ता भित्रिए
congress prabesh

कपिलवस्तु । पछिल्लो समय कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरि या स्वतन्त्र नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । शिवराज नगरपालिका वडा २ का अध्यक्ष राम बहादुर चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिवार आयोजित एक कार्यक्रमका बीच वडाध्यक्ष चौधरी सहित वडामा निर्वाचित तीन सदस्यहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्यहरू जसराम अहिर,प्रभु थारु,चिन्का पासी सहित विभिन्न पार्टी परित्याग गरि ४०० जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस शिवराज नगर समितिले जनाएको छ ।

गत माघ २२ गते शनिवार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रवात शाह सहित करिब ४ हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए ।

नव प्रवेशलाई पार्टी सदस्यता प्रदान गर्दै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गरेका छन् । सभापति पुनले वडा अध्यक्ष थारुको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप बलियो भएको विश्वास व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा महामन्त्री सुरेन्द्रराज आर्चायले आउँदो स्थानीय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सह महामन्त्री विष्णु मुस्कान जिल्ला सभापति अब्दुल कलाम, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्यहरू ईश्वरी पाण्डेय,केशव पाण्डेय, प्रदेश क्षेत्रीय सभापति गोविन्द के सी युवा नेता अजय थापा,कमल केसी लगायतका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

थारुले नेपालको विकाशील र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएको ठहर गर्दै आफू कांग्रेस प्रवेश गरेको बताए  । थारु स्थानीय तहको निर्वाचनमा फोरम लोकतान्त्रिक बाट निर्वाचित भएका थिए ।  कार्यक्रम नेपाली कांग्रेस शिवराज नगर सभापति मधुसूदन पोख्रेलको अध्यक्षता र सचिव विष्णु पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology