कावासोती । नेपाली कांग्रेस नवलपुरको कोषाध्यक्षमा राजकुमार महतो सर्वसम्मत रुपमा चयन भएका छन ।
नेपाली कांग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जिसीको अध्यक्षतामा सोमबार बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकले कोषाध्यक्षमा मनोनित गरेको कांग्रेस नवलपुरका सचिव महेन्द्र पोख्रेलले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान अनुसार निर्वाचित जिल्ला कार्यसमिति सदस्यहरु मध्ये बाट सभापतिको प्रस्तावमा जिल्ला कार्यसमितिले कोषाध्यक्षको चयन गर्ने व्यवस्था रहेको छ ।
प्रकाशित : २०७८ चैत १ गते ११:५९
Facebook Comment