कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय

NAWALPUR TIMES

कांग्रेस–एमाले सरकारमा सहभागी नहुने रास्वपाको निर्णय
raswapa 1715061140

कावासोती  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले)को सरकारमा सहभागी नहुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिए ।

“अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । सरकारमा जाँदैनौँ,” उनले भने । अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्‌बाट बाहिरिने उनले बताए । “अहिले केही अनुमान र आधिकारिक प्रक्रिया अघि नबढेको हुँदा सरकार अर्को बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वाभाविक रूपमा बाहिरिन्छौँ,” उनले भने ।आफूहरूले गरिरहेको कामका कारण गठबन्धन परिवर्तन भएको उनले जिकिर गरे । पछिल्लो घटनाले राजनीतिक स्थायित्व नदिने उनको भनाइ छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology