कांग्रेसले केन्द्रिय कार्यसमितिको वरीयताक्रम तोक्यो (वरीयताक्रम सहित)

NAWALPUR TIMES

कांग्रेसले केन्द्रिय कार्यसमितिको वरीयताक्रम तोक्यो (वरीयताक्रम सहित)
congress flage1622887380

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको निर्वाचनबाट गठित कार्यसमिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । निर्वाचित एक सय ३४ जना तथा सभापतिमा पराजित डा. शेखर कोइरालासमेतको गरी एक सय ३५ जनाको वरीयता निर्धारण गरिएको हो ।

यसअघि सभापतिमा पराजित हुनेलाई दोस्रो वरीयता दिँदै आएकामा सभापति शेरबहादुर देउवाले डा. शेखर कोइरालालाई भने २० औं वरीयता दिएका छन् । उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा रहँदा अर्का उपसभापति धनराज गुरुङले तेस्रो वरीयता पाएका छन् ।

महामन्त्री गगनकुमार थापाले चौथो वरीयता पाउँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पाँचौं वरीयता पाएका छन् । त्यस्तै सहमहामन्त्रीहरुमा फरमुलाह मन्सुर छैटौं, उमाकान्त चौधरी सातौं, महालक्ष्मी उपाध्याय डिना आठौं, भीष्मराज आङ्दम्वे नवौं, महेन्द्र यादव दशौं, किशोरसिंह राठौर ११ औं, बद्री पाण्डे १२ औं तथा जीवन परियार १३ औं नम्बरमा रहेका छन् ।

सदस्यहरुमा गोपालमान श्रेष्ठले सबैभन्दा उच्च वरीयता पाएका छन् । उनी समग्रमा १४ औं, डा. शशांक कोइराला १५ औं, चित्रलेखा यादव १६ औं, डा. रामशरण महत १७ औं, अर्जुननरसिंह केसी १८ औं तथा सुनीलबहादुर थापा १९ औं वरीयतामा छन् ।

यस्तो छ १३५ जनाको वरीयता–

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology