कहिले र कसरी पिउने पानी ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक १३ गते ७:५२
कहिले र कसरी पिउने पानी ?
Drinking water

पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन । यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मानव शरीर पाँच तत्वबाट बनेको हुन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो ।

जसमा ७० प्रतिशत हिस्सा पानीबाट बनेको हुन्छ । यसका लागि मानिसले प्रत्येक दिन ७–८ गिलास पानी पिउनुपर्छ । यसले पाचन तन्त्र, कपाल एवं छाला स्वस्थ हुन्छ । पानी शरीरको बेकार पदार्थबाट बाहिर निकाल्छ र रगतलाई सफा राख्नको लागि समेत मद्दत गर्छ ।

पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ । बासी पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ । तर यसभन्दा पहिला पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ । केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ ।

जस्तो, कपाल झर्ने समस्या, पथरी ,तनाव, हैजा, पानी कम हुने रोग, अधिक गर्मी आदिमा पानी पर्याप्त मात्रामा पिउन आवश्यक छ ।

पानी पिउने सही समय

२–३ गिलास पानी बिहान खाली पेट पिउँदा शरीरको अन्तरिक उर्जा सक्रिय हुन्छ । बिहान खाली पटमा पानीको मात्र आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन सकिन्छ । तर दुई गिलास पानी पिउने प्रयास गर्नुहोला ।

एक गिलास पानी नुहाए पश्चात पिउँदा ब्लडप्रेसर नियन्त्रित रहन्छ ।

दुई गिलास पानी भोजनको आधा घण्टा पहिला पिउँदा फाइदा हुन्छ ।

आधा गिलास पानी सुत्नुभन्दा ठीक पहिला पिउँदा हर्ट अट्याकबाट बच्न सकिन्छ ।

उभिएर पानी पिउँदा शारीरिक नोक्सान

आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन् । जसको घातक परिणाम शरीरले भोग्नुपर्छ ।

अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन् । जसले शरीरलाई हानी पुर्‍याउँछ ।

उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ । ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ । यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ । एक-दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन । तर लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ ।

उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ । तसर्थ बसेर बिस्तारै पानी पिउनु आवश्यक छ ।

-एजेन्सी

प्रकाशित : २०७८ कार्तिक १३ गते ७:५२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI