कहाँ हरायो फेवातालको १६ सय रोपनी जमिन ?

NAWALPUR TIMES

कहाँ हरायो फेवातालको १६ सय रोपनी जमिन ?
download

काठमाडौँ, १७ फाल्गुन । दुई फरक प्रतिवेदनमा फेवातालको क्षेत्रफल फरक पाइएको छ। वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको हालै सार्वजनिक एक प्रतिवेदनमा पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ । तर आठ वर्ष अघि तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्वप्रकाश लामिछानेको संयोजकत्वमा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठन गरेको समितिले तालको क्षेत्रफल १२८७४–२–३ रोपनी रहेको ठहर गरेको थियो।

कास्की जिल्ला विकास समिति पूर्वसभापति पुण्यप्रसाद पौडेल संयोजकत्वको समितिले दिएको प्रतिवेदनको आधारमा मन्त्रिपरिषदले फेवातालको नयाँ क्षेत्रफल निर्धारण गरेको हो।

फेवातालको करिव १६ सय रोपनी क्षेत्रफल नै हराउनु दुखद भएको विश्वप्रकाश लामिछाने बताउँछन्। ‘प्रतिवेदन हेर्न पाएको छैन तर व्यक्तिले नापी गराएको जमिनलाई छोडिएको भन्ने सुन्नमा आएको छ’, लामिछानेले भने, ‘यो निर्णयले जुन जमिन तालको नाममा ल्याउनु पर्थ्यो त्यो गुम्ने खतरा छ।’ याे खबर नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology