कविता : “म…….कल्पना भित्र”

NAWALPUR TIMES

कविता : “म…….कल्पना भित्र”
FB IMG 16227160486970923

ताराप्रसाद सापकोटा-

मेरो अति भिन्न रहर
एक्लो बसाई सँग
गुञ्जयमान परिवेशमा
यात्रीको टिकट थम्थमाई रहँदा
गन्तव्यको आकार
विलिनता तर्फ कुदिरहेछ!

थुप्रै कल्पनाहरु
प्रचण्ड गर्मी भित्र खुम्चिए झैं
हावाको झोक्का खाएर ढल्मलाए झैं
टुटे – फुटेका रहरहरु
रेखाङ्मित प्रतिविम्बहरु
एकाधिकार
रहर सलबलाईरहेको बेला
समय विक्षिप्त छ।

शब्द हीन चाहना भित्र
आशाका त्यान्द्रहरु
आँधी अनि वर्षाले कुट्दै गर्दा
सुनामी वढ्दै जाँदा
इच्छाहरु अनि
आकांक्षाका पाईलाहरु
लरबराईरहेछन्
लर्खराईरहेछन्।

रहरका पहाडहरु बाट
अश्रु झरनाहरु
बगेका नदिनालाहरु
बिरुप मेरा कल्पना भित्र का
विक्षिप्त मुटुका रहरहरु
भ्रम र धोकेवाज सँगसँगै
सहिद भईरहेछन्।

इच्छा र आकांक्षा हरु
प्रारम्भ देखि फैलावट बन्द हुँदा
अग्लो हिमाल र गहिरो सागरलाई समेत
सलाम ठोक्ने
छैन मैले
पुरानो काँचुली फेर्न लाग्दा
अथाह मोडहरुमा
पहाडी धरातलमा झैं
उक्लने र ओर्लने क्रमश
म आफ्नै कल्पनाहरुमा
हराईरहेछु
हराइरहेछु !!

देवचुली-१४ नवलपुर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology