कविता : तिम्रो फाईल खोलौं ?

NAWALPUR TIMES

कविता : तिम्रो फाईल खोलौं ?
rajan pandey1689855029 1

राजन पाण्डे-

 

तिम्रो फाईल खोलौं ?

 

तिमी चढेको,
तिमी अघि वढेको,
के को बलमा हो,
कहाँ कहाँ भएको छलमा हो,
सबै खुल्ने गरि फाईल खोलौं ?

तिमीले मलाई देख्छौं,
मैले तिमीलाई देख्छु,
न मैले मलाई देख्छु,
न तिमिले तिमिलाई देख्छौ,
तिम्रा भ्वाङहरु, तिम्रा स्वाँङहरु,
पदचाप झै फाईलमा छन्,
फाईल खोलौं ?

मेरो बल नै तिम्रो फाईल हो,
तिम्रो बल नै मेरो फाईल हो,
म पदमा छु,
त्यसैले तिम्रो फाईल खोलौं ?

मेरो स्वार्थको आड तिम्रो कमजोरी हो,
मेरो सत्ताको लम्वाई मसस्वार्थ हो,
आउ थप साझेदारी गरौं,
उच्च समझदारी गरौं,
दुवै मिलेर फाईल बन्द गरौं,
एक आर्काको विरोधको स्वर मन्द गरौं ।

होईन भने तिम्रो फाईल खोलौं ????

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology