कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
NAWALPUR TIMES
Untitled 1
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा सङ्क्रमण देखिएका छ।
प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार दैलेखमा १०५ जनामा सङ्क्रमण देखिएको छ। मुगुमा पनि एक जनामा कोरोना सङ्क्रमण भएको छ।
कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि 2
सङ्क्रमित हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन्, जसमा पाँच जना महिला छन्। त्यस्तै, दैलेखको देवलकाँडाका १२ जना, सोतका नौ जना, मानटाकुराका सात जना, साँडुका २ जना, भगनीका पाँच जना, बासकोटका एक जना रहेका छन्। मुगु खत्याडका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।
यसअघि विभिन्न समयमा प्रतिष्ठानमै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्लासहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। आज एकैपटक १०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कुल २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ। गोरखापत्रबाट
Facebook Comment