करिब ३ करोडको लागतमा थुम्सीमा हनुमान मन्दिरको निर्माण सम्पन्न : चैत २७ गते उदघाटन गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १९ गते १८:३९
करिब ३ करोडको लागतमा थुम्सीमा हनुमान मन्दिरको निर्माण सम्पन्न : चैत २७ गते उदघाटन गरिने
fd075bd4a00d19033f31cbfb84b6ea9d9e2952d271bccfdd0f1e824f218e0a9a.0

नवलपुर । नवलपुरको गैंडाकोट-९ थुम्सीमा शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको निर्माण सम्पन्न भएको छ ।

२ करोड ८५ लाखको लागतमा निर्माण सम्पन्न भएको मन्दिरको हनुमान जयन्तीको दिन चैत २७ गते १००८ स्वामी ज्ञानान्द सरस्वती महाराजले उदघाटन गर्ने कार्यक्रम रहेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

४८ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाई रहेको नव निर्मित मन्दिरको उदघाटन सहित चैत २७ गते देखि साङ्ग विराट महायज्ञ समेत सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

भारतको बनारसबाट ईन्जिनियर तथा कालिगढ मगाएर निर्माण गरिएको मन्दिर शिखरखजुराव शैलीमा निर्माण भएको नेपालको पहिलो मन्दिर रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

 

प्रकाशित : २०७८ चैत १९ गते १८:३९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI