करण केसीको आक्रमक ब्याटिङमा कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जीत

NAWALPUR TIMES

करण केसीको आक्रमक ब्याटिङमा कर्णालीविरुद्ध काठमाडौंको रोमाञ्चक जीत
karan kc vnXoIiWy7Y

कावासोती ।नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाज कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो । काठमाडौंका कप्तान करण केसीले आक्रमक ब्याटिङ गर्दै टीमलाई जित दिलाए । १० बलमा २८ रन प्रहार गरे। सुमित महर्जन ४० रनमा अविजित रहे ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । कर्णालीका शिखर धवनले ५१ बलमा अविजित ७२ रन बनाए ।

पहिलो खेलमा काठमाडौं चितवन राइनोजसंग ५ विकेट र कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएका थिए।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology