करको दर पूनः वर्गीकरण गर्न नवलपुर उद्योग वाणिज्य संघको माग

NAWALPUR TIMES

करको दर पूनः वर्गीकरण गर्न नवलपुर उद्योग वाणिज्य संघको माग
1 1

कावासोती । नवलपुर उद्योग बाणिज्य संघले घर बाहाल करलाई वर्गीकरण गर्न संघको कार्यक्षेत्र भित्रका पालिकाहरु सग माग गरेको छ ।

नवलपुर उद्योग बाणिज्य संघको बिहिबार सम्पन्न बैठकले घर बाहालकर स्थानिय तहको हुने भएकोले प्रयोजन आधारमा बर्गीकरण गर्न माग गर्ने निर्णय गरे सगै आज कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसाल र राजश्व परामर्श समिति संयोजक फुल कुमारी महतोलाई माग पत्र बुझाएको छ ।

माग पत्रमा व्यवस्था परीवर्तन भएपनि अवस्था परीवर्तन नभएको केन्द्रिकृत करको दर नै लागु गरीएको भन्दै करको दर पूनः वर्गीकरण गर्न माग गरीएको नवलपुर उद्योग बाणिज्य संघका महासचिब सागर पोख्रेलले बताए ।

ज्ञापन पत्रमा हाल संघको कार्यक्षेत्र रहेका स्थानिय पालिकाले घरबाहाल कर एकमुष्ठ १० प्रतिशत लिदै आईएकोमा व्यपार, उद्योग स्थापना, आवासर र कृर्षिलाई भिन्न करको दर हुनुपर्ने माग गरीएको पोख्रेलले बताए । हाल कायम गरीएको घर बाहाल कर र फोहोर मैला शुल्क बैज्ञानीक छैन, त्यसको बर्गीकरण हुन जरुरीछ महासचिब पोख्रेलले भने ।

नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले परिवर्तित राज्य व्यवस्था सगै राज्यले संकलन गर्ने करलाई तिन तहमा विभाजन गरेपनी घर बाहाल कर स्थानिय सरकार मातहात रहेकोले कावासोती नगरपालिकाले पूनःवर्गीकरण गर्न र फोहोर व्यावस्थापन शुल्कमा समेत संसोधनको माग गरेको बताए।

अध्यक्ष अर्यालले कतिपय स्थानिय पालिकाले पूर्ववत घरबाहाल कर लिन थाले भने कतिपय पालिकाले घरवाहाल करलाई वर्गिकृत गरर लिएको बताउदै समयअनुकुल करको दर र दायर परिवर्तन गर्न माग गरीएको बताए ।

माग पत्र बुझ्दै राजश्व परामर्श समिति संयोजक फुल कुमारी महतोले राजश्व परामर्श समितिको बैठक बसेर समय अनुकुल संसोधन गर्न सकिने बताईन ।

त्यस्तै नगर प्रमुख बिष्णु प्रसाद भुसालले नगरले स्थानियको अपेक्षा अनुरुप काम गर्ने बताउदै राजश्व परामर्श समितिको सिफारीस र कार्यपालिकाको बैठकले मागलाई सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अन्य छिमेकि पालिकाले कसरी करको दर कायम गरेका छन सो समेत जानकारी लिदै अन्य पालिका अनुसार कावासोती नगरपालिकाले पनी आवश्यक पर्ने बिषयमा संसोधन गर्दै जाने बताएका छ्न ।

हाल केही पालिकाहरुले घर बहालकर बर्गीकृत गरेर १ देखी ७ प्रतिशत सम्म लिने गरेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology