नेपाली सेनाका एक सिपाहीले आफैलाई गोली प्रहार गरी आत्महत्या गरेका छन्।
काठमाडाैंकाे भद्रकालीस्थित सेनाद्वारा सञ्चालित पेट्रोल पम्पमा ड्युटीमा खटिएका तनहुँका ती सिपाहीले आइतबार बिहान ३ बजे कन्चटमा गोली प्रहार गरेको आत्महत्या गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले पुष्टि गरे।
‘सिपाहीले कन्चटमा गोली प्रहार गरेर आत्महत्या गरेको खबर जंगीअड्डाबाट आएपछि प्रहरी पुगेको थियो,’ उनले भने, ‘अहिले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।’
नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेल घटनाबारे मृतकका नातेदारलाई पनि जानकारी गराइएको बताए।
उनले घटनाबारे अनुसन्धान भइरहेको जनाए।
ती सिपाहीको घर तनहुँको रानीपोखरी रहे पनि नाम र युनिट खुलाइएको छैन।
Facebook Comment
Comment