कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २६ गते ७:०१
कतार विश्वकप : सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक
fifa football

काठमाडौँ। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको छ ।

एडिडास कम्पनीले आइतबार विश्वकपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द अल हिल्मको अर्थ सपना हो ।

यस अघिको अल रिहलाको जस्तै यस बलमा समेत प्रविधिको प्रयोग गरिएको छ ।

यस पटकको विश्वकपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित : २०७९ मंसिर २६ गते ७:०१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI