कतार बिरुद्ध नेपालको इतिहासकै ठूलो जित

NAWALPUR TIMES
प्रकाशित : २०७८ कार्तिक ३० गते १९:५५
कतार बिरुद्ध नेपालको इतिहासकै ठूलो जित
14712667 735596619927557 3548774790978629659 o

कतारलाई ११९ रनको विशाल अन्तरले पराजित गर्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

११९ रनको जित नेपाली महिला राष्ट्रिय टिमको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटकै सर्वाधिक रन अन्तरको जित हो। यस अघि नेपालको ठूलो जित इन्डोनेसिया बिरुद्ध सन् २०१९ मा हात पारेको ९२ रनको जित थियो।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा २७ रन मात्र बनाउन सक्यो। कतारको लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले समान ८ रन तथा केरी पौनसेटले ७ रन बनाए।

नेपालको बलिंगमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट हात पारिन् जुन क्रममा १.५ ओभरमा १ रन मात्र खर्चिन्। कविता कुँवर ( ३-०-६-२ ) र सिता राना मगर ( २-१-३-२ ) ले समान २ विकेट तथा करुणा भण्डारीले १ विकेट ( २-१-२-१ ) हात पारिन्।

खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १४६ रन बनाएको थियो। नेपालको महिला टि-२० अन्तर्राष्ट्रिय इतिहासकै यो सर्वाधिक योगफल हो। यस अघि सर्वाधिक योगफल मलेसिया बिरुद्ध २०१९ को १२६ रन थियो।

नेपालको ब्याटिंगमा इन्दु बर्माले सर्वाधिक ५५ रन बनाए जुन क्रममा ४७ बलमा ५ चौका प्रहार गरिन्। इन्दु टि-२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा अर्धशतक बनाउने पहिलो नेपाली महिला क्रिकेटर बनेकी छिन्। यस अघि सिता राना मगरले इन्डोनेसिया बिरुद्ध २०१९ मा बनाएको ४८ रन सर्वाधिक व्यक्तिगत स्कोर थियो। सिता राना मगरले ३३ बलमा ५ चौका मद्दतले ३९ तथा सरिता मगरले २१ बलमा २ चौका मद्दतले २१ रन बनाईन्।

ओपनर काजल श्रेष्ठ दोश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि इन्दु र सिता बीच ८८ रनको साझेदारी भएको थियो। बाह्रौं ओभरमा सिता र रुबिना आउट भएपछि चौंथो विकेटको लागि इन्दु र सरिता मगर बीच ४९ रनको साझेदारी भयो। सरिता अन्तिम ओभरमा आउट भईन्।

कतारको बलिंगमा एन्जेलिन मारे र सबिजा पनायानले समान एक विकेट हात पारिन्।

सिरिज अन्तर्गत दोश्रो खेल बुधबार र तेश्रो खेल बिहिबार खेलिनेछ।

प्रकाशित : २०७८ कार्तिक ३० गते १९:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI