ओलीलाई रेणु दाहालको चुनौती, ‘माओवादी विना एक पटक प्रधानमन्त्री भएर देखाउ’

NAWALPUR TIMES

ओलीलाई रेणु दाहालको चुनौती, ‘माओवादी विना एक पटक प्रधानमन्त्री भएर देखाउ’
kp renu

नेपल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)की नेत्री तथा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी विना एक पटक प्रधानमन्त्री भएर देखाउन चुनौति दिएकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो चुनौती दिएकी हुन् ।

एमालेको दशौँ महाधिवेशन स्थलको अवलोकन गर्न चितवन पुगेका ओलीले आफूले प्रचण्डलाई भोट मागेर गल्ती गरेको भन्दै आफूले अब यस्तो गल्ती नगर्ने बताएपछि दाहालले समाजिक सञ्जालमा स्टाटस लेखेर ओलीलाई चुनौति दिएकीहुन् । ओली दाहाललाईसमेत कटाक्ष गर्दै अब मतपत्र च्यातेर जित्ने सपना नदेख्न भनेका थिए ।

दाहालको स्टाटस

ओलिलाई भोट माग्न ओलिको क्षेत्रमा ओलिसहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो। घरमापरिवारका सदस्य कोहि पनि नभएको बेला सबै आ–आफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो। यस्तो परिस्थितीबाट माओबादीसॅगको सहकार्यले मात्र ओलि प्रधानमन्त्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त। धेरै नै फुर्ती लाउनेले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology