ओलीका दुई विश्वासपात्र नै पदाधिकारीमा अटाएनन्

NAWALPUR TIMES

ओलीका दुई विश्वासपात्र नै पदाधिकारीमा अटाएनन्
Gokul Mahesh

एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने दुई नेता पदाधिकारीमा दावेदार भएपछि अटाउन सकेनन् ।

ओलीले सोमबार बिहान साढे ३ बजे छानेका १९ पदाधिकारीमा गोकुल बाँस्कोटा र महेश बस्नेत पदाधिकारीमा नअटाएका हुन् । उनीहरु दुबै सचिवका दावेदार थिए भने चुनाव चुनावी लबिङमा समेत उत्रिसकेका थिए ।

पूर्वमाओवादीका नेताहरुको व्यवस्थापन गर्नुपर्ने भएपछि उनीहरु पदाधिकारीमा अटाउन नसकेका हुन् । पूर्वमओवादी समूहले भने तीन पदाधिकारी पाएका छन् । रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष रहेका छन् भने टोपबहादुर रायमाझी र लेखराज भट्ट सचिव रहेका छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology