ओलीकाे प्रश्न- देउवा सरकारले किन तालिवानसँग फोन गरेन ?

NAWALPUR TIMES

ओलीकाे प्रश्न- देउवा सरकारले किन तालिवानसँग फोन गरेन ?
Kp Oli Pm 20190930144056

पोखरा / एमाले अध्यक्ष केपी ओलीले अफगानिस्तानमा असुरक्षित रहेका आफ्ना नागरिकलाई उद्धार गर्न शेरबहादुर देउवाकाे सरकारले नसकेको बताएका छन् ।

पोखरामा मंगलबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाएका हुन् ।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology