ओम बहादुर घर्ती मगर (ओम थापा) नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यको दौडमा

NAWALPUR TIMES

ओम बहादुर घर्ती मगर (ओम थापा) नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यको दौडमा
264684870 496927928213522 6173960099096901304 n

काठमाडौं ।

नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय सभापति ओमबहादुर घर्ती मगर (ओम थापा)ले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छ्न ।

 

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घर्ती मगर युवा पुस्ता र जनजाती समुदायमा लोकप्रिय मानिन्छन् । देशकै पुरानो पाटी नेपाली काङ्ग्रेसमा विधि पद्धति,शुसासन र समावेशीतालाई स्थापित गर्न आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको थापाले बताए ।

 

“प्रत्येक व्यक्ति उधमशिल नभई देश समृद्ध हुन सक्दैन, देश समृद्ध हुनका लागि देशको गर्बिलो ईतिहास बोकेको नेपाली काङ्ग्रेसका कार्यकर्ता उध्यमशिल हुन आवश्यक छ,यसैका लागि मेरो केन्द्रिय सदस्यमा उम्मेदवारी हो” उनले भने ।

 

विद्यार्थी  राजनीति सङ्गै शैक्षिक पेशा अङ्गालेका घर्ती मगरले नेपाल राष्ट्रिय मगर संघको राजनीतिबाट राष्ट्रिय  राजनीतिमा हाम फालेका हुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका घर्ती मगरले देउवा समुहबाट आदिवासी जनजाति कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने थापाले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology