ओमान बिरुद्ध नेपालले टस जितेर बलिंग रोज्यो

NAWALPUR TIMES

ओमान बिरुद्ध नेपालले टस जितेर बलिंग रोज्यो
Nepali Cricket Team

नवलपुर । ओमान भ्रमण अन्तर्गत चार देश ( ओमान, नेपाल, आयरल्याण्ड र युएई ) सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले आयोजक ओमानसंग प्रतिस्पर्धा गर्दैछ।

खेलमा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेपछि ओमानलाई ब्याटिंगको निम्तो दिएका छन्। सन्दिप नेपालको लागि कप्तानी डेब्यु समेत गरिरहेका छन्। उनि नेपाली राष्ट्रिय टिमको एघारौं कप्तान हुन्।

खेलमा नेपालले दुई युवा खेलाडीलाई डेब्यु गराएको छ। दायाँ हाते ब्याट्सम्यान तथा फास्ट बलर बिबेक यादव तथा देब्रे हाते स्पिनर सागर ढकालले ओमान बिरुद्ध डेब्यु गर्ने पक्का भएको छ। ढकाल र यादवले यस अघि नेपाली यु-१९ राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका छन्। कुशल भुर्तेल, करन केसी, शाहब आलम, जितेन्द्र मुखिया र लोकेश बमलाई बाहिर राखिएको छ।

नेपालको अन्तिम एघार :
 आसिफ शेख, प्रदिप ऐरी, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, शरद भेसावकर, आरिफ शेख, बिबेक यादव, सन्दिप लामिछाने ( कप्तान ) , अविनाश बोहरा, कमल सिंह ऐरी, सागर ढकाल

सागरले हालै सम्पन्न प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा तथा एभरेस्ट प्रिमियर लिगमा समेत उत्कृस्ट प्रदर्शन गरेका थिए। प्रधानमन्त्री कपमा तिन वटा मात्र खेल खेलेका ढकालले ६ विकेट लिएका थिए भने एभरेस्ट प्रिमीयर लिगमा प्रतियोगिताकै उत्कृष्ट घोषित हुने क्रममा ७ खेलमा १४ विकेट लिएका थिए।

घरेलु क्रिकेटमा प्रदेश-२ को प्रतिनिधित्व गरेका बिबेक यादव पछिल्लो समय घरेलु क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्दै आएका छन्। यु-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका फास्ट बलिंग अलराउण्डर यादवले प्रधानमन्त्री कप टि-२० ४ खेलमा ८७ रन बनाएका थिए। गत वर्ष एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजको प्रतिनिधित्व गर्दै शानदार ब्याटिंग गरेका यादवले ५ इनिंग्समा ११६ रन बनाएका थिए। उनि तल्लो मध्यक्रममा आएर आक्रामक ब्याटिंगको लागि परिचित छन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology