ओमानद्वारा नेपाललाई १३६ रनको लक्ष्य

NAWALPUR TIMES

ओमानद्वारा नेपाललाई १३६ रनको लक्ष्य
1644579534058

काठमाडौं । कप्तान जीशन मक्सुद र मोहम्मद नादीमले पाँचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेपछि ओमानले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई १३६ रनको लक्ष्य पेस गरेको छ ।

ओमानको मस्कटस्थित अल अमारतको ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको हो ।

ओमानका कप्तान मक्सुदले अविजित ४३ रन बनाए भने नादीमले ३१ रन बनाए । मक्सुदले ४१ बलमा चर चौका र एक छक्कासहित अविजित ४३ रन बनाएका हुन् । जतिन्दर सिंहले १३ रन बनाए । कश्यप प्रजापति, शोएब खान र आयान खानले समान ११ रन बनाए । नेपालका अबिनाष बोहराले तीन विकेट लिए । सन्दीप, आरिफ शेख र कमलसिंह ऐरीले एक/एक विकेट लिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology