एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न नेपालले मलेसियासँग खेल्दै

NAWALPUR TIMES

एसीसी वुमन्स प्रिमियर कप : एसिया कपमा पुग्न नेपालले मलेसियासँग खेल्दै
1707900085856

कावासोती । नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनल खेलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा बायोमास ओभलमा सुरु हुनेछ ।

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । त्यस्तै अर्को सेमिफाइनलमा थाइल्यान्ड र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology