एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै

NAWALPUR TIMES

एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
nepal v srilanka u19

कावासोती । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको  नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology