एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै

NAWALPUR TIMES

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै
Nepali Cricket1648033557

कावासोती । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाँदै छन्। सन्दीप बिहान ११ः २०  बजेको कतार एरलाइन्सबाट दोहा हुँदै पाकिस्तान जाने क्यानले जनाएको छ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो। सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

नेपाली क्रिकेट टोली भने यसअघि पाकिस्तान पुगिसकेको छ। तर, सन्दीप भने बिरामी भएका कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले टोलीसँगै लगेको थिएन।

एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन  समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ। पाकिस्तान अहिले विश्वको एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ। दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology