एसईई : मोरङमा तीन केन्द्रबाट ११६ नक्कली परीक्षार्थी पक्राउ

NAWALPUR TIMES

एसईई : मोरङमा तीन केन्द्रबाट ११६ नक्कली परीक्षार्थी पक्राउ
exam 5424 5

नवलपुर । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ११६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला तीन परीक्षा केन्द्रबाट उक्त संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई पक्राउ गरिएको हो ।

सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् ।

नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology