एमाले नवलपुर: निर्वाचितको सट्टा वाचित नेतृत्व आउदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २५ गते १६:११
एमाले नवलपुर: निर्वाचितको सट्टा वाचित नेतृत्व आउदै
received 1872592642934271

कावासोती । नेकपा एमाले जिल्ला कमिटी नवलपुरको जारी ८ औं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले सम्पूर्ण अधिकार आफुमा केन्द्रीत गरेको छ । तिन दिन देखि कावासोती मा जारी जिल्ला अधिवेशनमा नयाँ जिल्ला कमिटी घोषणा गर्ने अधिकार हलबाट अध्यक्ष मण्डलले पाएको हो ।

शनिबार साँझ कलस्टर अनुसार इच्छुक उम्मेदवारको नाम संकलन गरेको अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया कै ध्वजी उडाउदै सोही नामावलीको आधारमा जिल्ला कमिटी घोषणा गर्ने तयारी गरेको हो । शनिबार साँझ उम्मेदवारहरुले इच्छा जाहेरी सहित गरेको हस्ताक्षरको दुरुपयोग गर्ने तयारीमा अध्यक्ष मण्डल रहेको भन्दै अधिवेशन प्रतिनिधिहरुमा असन्तुष्टि समेत देखिएको छ ।

यस अगाडी निर्वाचन पक्रिया अनुसार हुने र सबै जिल्ला कमिटी निर्वाचित हुने उद्घोष गरेको एमाले नवलपुरले अन्ततः नाम बाचित गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ ।

उम्मेदवारी नै दर्ता नगरि अगाडी बढाइएको पक्रिया निकै निरन्कुस भएको भन्दै अधिवेशन प्रतिनिधिहरुमा असन्तुष्टि देखिएपनि अहिले त्यस बिषयमा मुख खोल्ने अवस्थामा उनिहरु रहेका छैनन् । विगतमा महाधिवेशन प्रतिनिधि छनोटको समयमा जस्तै यस पटक पनि नेतृत्वले एकलौटी र आफु निकटको व्यक्तिलाई नेतृत्वमा स्थापित गर्ने योजना सहित अगाडी बढेको उनिहरुको आरोप छ ।

अध्यक्ष मण्डलले सम्पूर्ण अधिकार आफुमा लिएको भएपनि अध्यक्ष देखि पदाधिकारी चयन भने निकै पेचिलो बन्दै गएको एमाले स्रोतको दावी छ । एमालेका निवर्तमान अध्यक्ष रोशन बहादुर गाहा र सचिव जिवन श्रेष्ठले अध्यक्ष पदमा आफ्नो दावी राखेका छन् । उनिहरु दुवैले एक अर्कालाई स्वीकार नगर्दा सम्म सहमति हुन सक्ने अवस्था नरहेको एमाले स्रोतले बतायो ।

एमाले जिल्ला इञ्चार्ज तिलक महत अध्यक्षमा रोशन बहादुर गाहालाई नै निरन्तरता दिने पक्षमा छन् भने पार्टी प्रतिनिधिहरु नेतृत्व परिवर्तनको पक्षमा रहेको अधिवेशन स्थलमा प्रष्ट संग देख्न सकिन्थ्यो । जिल्ला इञ्चार्ज महतले र नेता जिवन श्रेष्ठ बीचको सम्बन्धमा देखिएको दरारले अहिलेको अवस्था सृजना गरेको कार्यकर्ताको बुझाईछ । मध्यविन्दु बहुमुखी क्याम्पसको अघिल्लो अधिवेशनमा अध्यक्षमा श्रेष्ठ विरुद्ध महत र पार्टी अध्यक्ष गाहाले हुमनाथ सुवेदीलाई उठाएबाट देखिएको सम्बन्धको चिसोपन अझै कम हुन सकेको छैन । जसको असर अहिलको जिल्ला अधिवेशन सम्म देखिएको हो । युवा पंक्तिमा भने दुवै दावेदारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बिकल्पको रुपमा मुक्तीराम पाण्डेलाई अध्यक्ष बनाउनुपर्छ भन्ने मत समेत देखिएको छ ।
जिल्ला इञ्चार्जको चहाना र प्रतिनिधिहरुको मनोभावना नमिल्दाको अवस्था अहिले देखिएको चर्चा अधिवेशन स्थलमा छ ।
जिल्ला नेतृत्वको अध्यक्ष सहित अन्य पदाधिकारी व्यवस्थापन अझ जटिल रहेको नेताहरु बताउछन् । जिल्ला उपाध्यक्ष, सचिव र दुई जना उपसचिवमा धेरै नेताहरु आकांक्षी छन् उनिहरुको व्यवस्थापन कसरी गर्ने भन्ने नेताहरुलाई थप चुनौती हुनेछ ।

उपाध्यक्षमा पार्वती तिवारी, मुक्तिराम पाण्डे, यामुनाथ आचार्य सहित नेताहरुको चर्चा रहेको छ । तिवारी अध्यक्षका आकांक्षी रोशन बहादुर गाहा निकट हुन भने पाण्डे र आचार्य अहिले जिवन श्रेष्ठ निकट हुनुहुन्छ । सचिव पदमा भिमलाल अधिकारी, भिमलाल कण्डेल सहित नेताहरुको चर्चा छ । जिल्ला इञ्चार्ज महत निकटका दुवै नेताहरु यस पटक भने अधिकारीले नेता श्रेष्ठ निकटबाट आफ्नो आकांक्षा व्यक्त गर्नु भएको छ । कण्डेल भने गाहा निकटबाट आफ्नो आकांक्षा व्यक्त गर्नु भएको छ । उपसचिवका आकांक्षीहरु भने धेरै रहनु भएको छ । सहमति भएको खण्डमा माथिल्लो पदमा उम्मेदवारी दिएकाहरु पनि व्यवस्थापन हुन सक्नेछन् ।

विभिन्न पदमा आकांक्षा व्यक्त गर्ने व्यक्तिहरु बाढी भएपनि नेताको रोजाईमा को पर्छ भन्ने विषयले महत्व राख्ने अहिलेको अवस्थामा देखिन्छ । केन्द्रीय सदस्य एवम् इञ्चार्ज तिलक महत खुलेर नेता श्रेष्ठको विरुद्ध लाग्दा अन्य केन्द्रीय सदस्यहरु रविन्द्र अधिकारी र कृष्ण पौडेल भने पर्ख र हेर कै अवस्थामा रहेको देखिएको छ ।

प्रकाशित : २०७८ पुष २५ गते १६:११
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI