कावासोती । नेकपा एमाले नवलपुर प्रचार विभागद्वारा प्रकाशन गरिएकाे नेकपा एमाले जिल्ला पाटिकाे मुखपत्र सूर्य किरणकाे पहिलाे अंक बिहिबार विमाेचन गरिएकाे छ ।
मुख पत्रको नेकपा एमाले केन्द्रीय सदस्य तथा नवलपुर क्षेत्र न २ का संघिय उम्मेदवार तिलक महत, नेकपा एमाले केन्द्रिय लेखा आयाेग सदस्य तथा नवलपुर क्षेत्र न २ क उम्मेदवार पद्मा जि सि श्रेष्ठ , एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा नवलपुर क्षेत्र न १ ख उम्मेदवार राेशन बहादुर गाहा मगर , एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे , एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पाेख्रेलले सँयुक्त रुपमा विमाेचन गर्नु भएकाे छ ।
विमाेचन कार्यक्रममा बाेल्दै नवलपुर क्षेत्र २ का प्रतिनिधि सभा उम्मेदवार तिलक महतले देशकाे विकास गर्ने वृद्धहरुकाे सम्मान युवालाई राेजगारि प्रदान गर्ने , खानेपानि , विद्युत महसुरलमा छुट गर्ने , विशेष गरि जनजिविका र राष्ट्रियताकाे पक्षमा काम गर्ने पाटि नेकपा एमाले रहेकाेले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरि विजयि गराउन अनुराेध गर्नुभयाे ।
यस्तै नेकपा एमाले प्रचार विभागले तयार पारेकाे कृष्ण गैरे , गिता सेन्चुरिकाे स्वरमा रहेकाे चुनावि गित समेत सार्वजनिक गरिएकाे छ । नेकपा एमाले प्रचार विभागले चाैमासिक बुलेटिन सूर्य किरण चाैमासिक मुख पत्र प्रकाशनकाे थालनी गरेकाे छ ।
प्रकाशित : २०७९ कार्तिक २४ गते १८:४६
Facebook Comment