एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष २६ गते १६:४१
एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत
1641812040176

कावासोती । लामो रस्साकस्सी पछि अनन्त: एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत  चयन भएका छ्न ।

शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बिच सहमति हुन नसक्दा आईतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो ।

अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति गरेको हो । स्रोतका अनुसार गाहा र श्रेष्ठले एक अर्कालाई स्विकार गर्न नसकेका तर पाण्डेको नाममा दुवै जना सहमत भएका हुन ।

त्यसै गरि उपाध्यक्षमा मनविर थापा, सचिवमा भिमलाल अधिकारी र उपसचिवमा भिमलाल कंडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन गरिएको घोषणा निर्वाचन समितिका संयोजक तिर्थ कंडेलले गरेका हुन ।

प्रकाशित : २०७८ पुष २६ गते १६:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI