एमसीसीकी उपाध्यक्ष काठमाडौंमा

NAWALPUR TIMES

एमसीसीकी उपाध्यक्ष काठमाडौंमा
1631163600265

काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमार काठमाडौं आइपुगेकी छिन्। उनी बिहीबार बिहान कतार एयरको जहाजबाट त्रिभुवन विमानस्थल आइपुगेकी हु्न्।

उपाध्यक्ष सुमार एमसीसीका बारे बहस चलिरहेका बेला नेपाल भ्रमणमा आएकी हुन्। यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उनले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डु’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ।

नेपालले २०१७ मा नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो। जसअनुसार नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतका लागि नेपालले करिब ६० अर्ब रुपैयाँ (नेपाली रकम) पाउनेछ।

उपाध्यक्ष सुमारले अर्थ मन्त्रालयले एमसीसीका बारेमा सोधेको प्रश्नको बुधबार जवाफ पठाएकी थिइन्। जवाफमा एमसीसीको कुनै पनि सैन्य रणानीतिसँग सम्बन्ध नरहेको स्षष्ट पारेकी थिइन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology