एमसीए नेपालले माग्यो कर्मचारी

NAWALPUR TIMES

एमसीए नेपालले माग्यो कर्मचारी
MCC 1 560x280 1

काठमाडौं : अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएसँगै एमसीए नेपालले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ।

एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले कर्मचारी आव्हान गरेको हो।

यसमा प्रोजेक्ट म्यानेजर, म्यानेजर, पावर सेक्टर रिफोर्म स्पेसिलिस्ट, असिस्टेन्ट इन्जिनियर, मोनिटोरिङ एन्ड इभ्यालुसन स्पेसिलिस्ट, आउटरिज कम्युनिकेशन असिस्टेन्ट, सवारी चालक र कार्यालय सहयोगी माग गरिएको छ।

एमसीसी मार्फत आउने पाँच करोड डलर र नेपालले थप्ने गरी ६ करोड ३० लाख डलरको परियोजनामा विद्युत प्रसारण लाइन र सडक मर्मतसम्भार गरिनेछ। यो परियोजना कार्यान्वयनमा लग्न अघिको तयारीका लागि कर्मचारी माग गरिएको एमसीए नेपालले जनाएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology