एमसिसीमा ढिलाइ भएपछि २ अमेरिकी उच्च अधिकारी काठमाडौँ आइपुगे

NAWALPUR TIMES

एमसिसीमा ढिलाइ भएपछि २ अमेरिकी उच्च अधिकारी काठमाडौँ आइपुगे
1637203926628

काठमाडौँ । नेपालमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनमा ढिलाइ भइरहँदा एकपछि अर्काे गर्दै अमेरिकी अधिकारी नेपाल भ्रमणमा आउने क्रम बढेको छ।

बुधबार मध्य तथा दक्षिण एसियासम्बन्धी अमेरिकी विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् भने बिहीबार नै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ नेपाल आउँदैछिन्।

काठमाडौँ बसाइका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्च नेतृत्वसँग भेटेर एमसिसीको कार्यान्वयनमा भइरहेको ढिलाइबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ। नेपाल बसाइँका क्रममा उनले यहाँका सांस्कृतिक सम्पदाहरूको अवलोकन पनि गर्नेछन्।

त्यस्तै, उपसहायक विदेशमन्त्री किडरलिङले पनि नेपाल भ्रमणका क्रममा उच्च सरकारी अधिकारी तथा नागरिक समाजका उदयीमान अगुवाहरूसँग पनि भेटने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ। अमेरिकाले दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुग्नुअघि उच्च अधिकारीको नेपाल भ्रमण भएको र दुवै उच्च अधिकारीले कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सवलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल गर्ने दाबी गरेको छ। याे खबर नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology