एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

NAWALPUR TIMES

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स
ncel kmeEfOuaRY 1

एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशतबोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो ।

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स 2

यस संकटको अवस्थामा एनसेलले एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रुपमा आफ्ना सेवाहरु चुस्त र निरन्तर सुचारु राख्न प्रतिवद्घ रहेको जनाएको छ । ग्राहकले रिचार्ज वापतप्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरुमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भिएफटी, इलेक्ट्रोनिक रिचार्ज लगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ ।

यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु ५०, रु १००, रु २००, रु ३००, रु ५०० र रु १००० को रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् । उदाहरणका लागि यो योजना अन्तर्गत रु ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६० प्राप्त गर्दछन् । त्यस्तै रु ५०० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप रु ६०० प्राप्तगर्दछन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ ।

हालको विपद्को परिस्थितिलाई मध्यनजर गदैं बुधबार मात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जिबीको स्टे होम प्याक र रु २०० सम्म एनसेल सापटी लिन सकिनेछ ।  

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology