एघार महिनामा १ करोडको दाँत कोटयाउने सिन्का आयात

NAWALPUR TIMES

एघार महिनामा १ करोडको दाँत कोटयाउने सिन्का आयात
Toothpick

कावासोती । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक करोड नौ लाख ९० हजार रुपैयाँको टुथपिक्स आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतदेखि २०८० जेठ मसान्तसम्ममा नेपालले उक्त टुथपिक्स आयात गरेको हो । उक्त  रकममा ३३ हजार ९८५ केजी टुथपिक्स नेपाल भित्रिएको छ ।

चीन, भारत र थाइल्यान्डबाट नेपालले टुथपिक्स आयात गर्ने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले दुई करोड ५३ लाख ५२ हजार रुपैयाँको टुथपिक्स आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology