एक सातादेखि निरन्तर घट्दै सुनको मूल्य

NAWALPUR TIMES

एक सातादेखि निरन्तर घट्दै सुनको मूल्य
IMG 0992

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य एक सातादेखि निरन्तर घटिरहेको छ।

 

महासंघले गत बुधबार सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ तोकेको थियो। त्यसको एक सातामा सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घटेको छ।

 

नेपाली बजारमा आज पनि छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ तोकेको छ।

 

हिजो बजारमा छापावाला सुनको मूल्य तोलाको ९७ हजार २०० रुपैयाँ थियो। यस्तै चाँदी निरन्तर घटेर प्रतितोला एक हजार ३१० मा आइपुगेको छ।

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology