एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

NAWALPUR TIMES

एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
received 131051684622384

माघ ०४, हेटौंडा।

पुरानो मेडिकल कलेज चितवनको प्राबिधिक सहयोग ,किशान दुग्ध उत्पादक सहकारी संस्था लि हेटौंडा १७ को आयोजना र स्व हरि प्रसाद लामिछाने स्मृती प्रतिस्ठान चितवन को सम्योजनमा सहकारीकै भवनमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न भएको छ । १७ न वडा अध्यक्ष श्री भैरब बहादुर राईले प्रमुख आतिथ्यता गर्नुभएको उक्त कार्यक्रम सहकारिका अध्यक्ष श्री उद्धब सत्यालले अध्यक्षता गर्नुभएको थियो ।

एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 2

प्रमुख अतिथिको स्वास्थ्य जाँच वरिष्ठ डा रोहन झा द्वारा गरि उद्घाटन गरिएको उक्त कार्यक्रममा स्व हरि प्रसाद लामिछाने स्मृति प्रतिस्ठानका अध्यक्ष श्री नवराज लामिछाने, पुरानो मेडिकल कलेजका सिनियर मेनेजर श्री दुर्गा प्रसाद न्यौपाने, ओरल म्याग्जिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंह, पुरानो मेडिकल कलेजका इमर्जेन्सी इन्चार्ज बरिस्ठ डा रोहन झा,वरिष्ठ न्युरो सर्जन डा सोम लामिछाने आदिले मन्तब्य राख्नु भएको थियो । पुरानो मेडिकल कलेजका तर्फबाट वरिष्ठ ओरल म्याग्जिलोफेसियल सर्जन डा आशुतोष कुमार सिंह, पुरानो मेडिकल कलेजका इमर्जेन्सी इन्चार्ज बरिस्ठ डा रोहन झा,वरिष्ठ न्युरो सर्जन डा सोम लामिछाने, जनरल फिजिसियन डा राजन भन्डारी, छाला यौन तथा कुस्ठ रोग विशेषज्ञ डा स्वाती साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा बिनिता शाह, डेन्टल सर्जन डा बिनि श्रेष्ठ लगायत डा कस्मिता ढकाल , डा दिब्याशर्मा,डा सुर्य कुमार राई,डा बुदि कुमारी मगर, डा प्रकृति आचार्यले विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियोे भने प्रबिन उपाध्याय र राजु यादवले निशुल्क औषधि बितरण गर्नुभएको थियो । कुल ४०० भन्दा बढी सेवाग्राही लाभान्वित भएको उक्त शिबिरका बिरामिहरु पुरानो मेडिकल कलेजमा उपचारमा आउदा ओ पि डि सेवा निसुल्क र अन्य जाच गर्नुपरेमा २०% छुट दिइने छ, अस्पतालका जन सम्पर्क बिभाग प्रमुख न्यौपानेले बताए । बिगत दुई दसक देखी गुणस्तरिय शिक्षा तथा चिकित्सा सेवा दिइरहेको पुरानो मेडिकल कलेजले स्थापना कालदेखी नै विभिन्न क्षेत्रमा निशुल्क सेवा दिदै आइरहेको र भावी दिनमा अझै शसक्त हिसाबले आफ्नो सेवा बिस्तार गर्ने कुरामा अस्पताल सदैव प्रतिबद्ध छ- न्यौपानेले भन्नू भयो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology