कावासोती : पूर्वी नवलपरासीको विनयी त्रिवेणि गाउँपालिकाको वडा नं ५ को भेडी गाउँमा बेवारिसे अवस्थामा बम फेला परेका नौँ वटा बमलाई सोमबार नेपाली सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले कावासोती १ मा रहेको नेपाली सेनाको २ नं वन तथा पर्यावरण सुरक्षागण हात्तिखोरको टोलि बम फेला परेको स्थानमा पुगेर सबै बमलाई निष्क्रिय पारेको जानकारी दिनु भयो । प्रहरी प्रमुख तिवारीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले आईतबार फेला परेका ९ वटा ८१ एमएम मोटरको बम (गोला) लाई निष्क्रिय पारेको हो ।
आईतबार बारीमा बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जंगलनजिकै रहेको बारीमा ती बमका गोला देखेका थिए । जंगलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम देखिएको थियो ।
प्रकाशित : २०७९ चैत १३ गते १५:३०
Facebook Comment